यात्री


http://www.nepalikavita.com

कुन मन्दिरमा जान्छौ यात्री,
कुन मन्दिरमा जाने हो र ?
कुन सामग्री पूजा गर्ने,
साथ कसोरी लाने हो ?
मानिसहरुको काँध चढी,
कुन देवपुरीमा जाने हो ?
हाडहरुका सुन्दर खम्बा,
मांसपिण्डका दिवार !
मस्तिष्कको यो सुनको छाना,
इन्द्रियहरुका द्वार !
नसा-नदीका तरल तरङ्ग,
मन्दिर आफू अपार !
कुन मन्दिरमा जान्छौ यात्री,
कुन मन्दिरको द्वार ?
मनको सुन्दर सिंहासनमा
जगदीश्वरको राज !
चेतनाको यो ज्योति हिरण्मय,
उसको शिरको ताज !
शरीरको यो सुन्दर मन्दिर,
विश्वक्षेत्रको माझ ।
भित्र र्छर् इश्वर बाहिर आँखा
खोजी हिंड्छौ कुन पुर ?
ईश्वर बस्तछ गहिराइमा,
सतह बहन्छौ कति दूर ?
खोजी गर्र्छौ हृदय लगाऊ,
बत्ती बाली तेज प्रचुर ?
साथी यात्री बीच सडकमा,
ईश्वर हिंड्दछ साथ
चुम्दर्छ ईश्वर काम सुनौला
गरिरहेको हात
छुन्छ तिलस्मी करले उसले,
सेवकहरुको साथ ।
सडक किनार गाउँछ इश्वर,
चराहरुको तानामा
बोल्दर्छ इश्वर मानिसहरुका
पीडा, दुखःको गानामा
दर्शनकिन्तु कहीं दिँदैन,
चर्म-चक्षुले कानामा ।
कुन मन्दिरमा जान्छौ यात्री,
कुन नवदेश बिरानामा ?
र्फक र्फक हे ! जाऊ समाऊ,
मानिसहरुको पाउ !
मलम लगाऊ आर्तहरुको
चहराइरहेको घाउ
मानिस भई ईश्वरको त्यो
दिव्य मुहार हँसाऊ ।

(A tibute to MAHAKAVI LAXMI PRASAD DEVKOTA)

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s