भारतीय सुरक्षाबलद्धारा सुस्तावासीलाई यातना


abc.com.np

We want our land back from India.

We want our land back from India.

परासी। नवलपरासीको सुस्तामा गरिएको ‘दसगजा’ नामक चलचित्र छाँयाङ्कनको विषयलाई लिएर भारतीय सीमा सुरक्षाबल एसएसबीले सुस्तावासीलाई मानसिक यातना दिन थालेका छन्। भारतविरुद्ध बनाउन लागेको सो चलचित्रलाई किन छाँयाङ्कन गर्न दिएको भन्दै भारतीय बजारमा जाने सुस्तावासीलाई एसएसबीले हप्काउने र धम्काउने गर्न थालेका हुन्। विवादित भूमिमा छाँयाङ्कन गर्न दिइएको भन्ने आरोप एसएसबीले लगाएको छ। सोहि कारण सुस्तावासीलाई फेरी दुःख दिन थालेको गुनासो सुस्तावासीको छ। सुस्ता विवादित भूमि भएको र सुस्तामा चलचित्र खिचेर भारतविरुद्ध जनतालाई भड्काउने षडयन्त्र भएको भन्दै एसएसबीका केही जवानले सुस्तावासीलाई हप्काउने गरेको सुस्तेलीहरुले बताए। सुस्तावासीको नजिकको बजार भारत भेडिहारी जाँदा सीमाक्षेत्रमा बस्ने एसएसबीले चलचित्र छाँयाङ्कनबारे सोधपुछ गर्ने गरेका छन्। उनीहरुले भारतबारे के चलचित्रमा के छ भन्नेजस्ता अनावश्यक कुरा सोधेर दुःख दिएको सुस्तावासीको बताएका छन्। कलाकार राजेश हमालसहित दस जनाको टोली सुस्ता पुगेर छाँयाङ्कन गर्दा एसएसबीले दुःख दिने गरेकाले चलचित्र छाँयाङ्कन गर्न सुस्तावासीले एक दिन रोकसमेत लगाएका थिए। तर प्रशासनको सहयोगमा सुस्तावासीले छाँयाङ्कन गर्न दिने सहमति जनाएपछि चलचित्र छाँयाङ्कन गरिएको थियो। सुस्ताको ८० प्रतिसत नेपाली भूमि भारतीयहरुले हडपी सकेका छन्। नेपाल सरकार भने कुटनीतिक तबरबाट विवाद मिलाउने भन्दै रटानमा लागेको छ। नेपाली भूमि मिचिएको सम्बन्धमा सर्बत्र विरोध हुदै आएको छ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s