करुणामय श्री साई बाबा


अध्याय २

" The Lord residing at Shirdi "

Sri Sai Samadhi Mandir , Shirdi

विषय:
i) श्री अप्पा पाटिल एवं बायजा
ii) तम्बोलीका साथ कुस्ती
iii) तकियामा नृत्य
iv) माधवराज देशपांडेको विद्यालय
v) शामाको दुई रुपैयां !
vi) देविदाससँग प्रेम
vii) बाबाको कला

प्राक्कथन
प्ररम्भदेखि नै श्री साई बाबा कसैसँग पनि धेरै कुराकानी गर्नुहुन्न थियो। कसैले केही सवाल गरेमा खाली त्यसको जवाफ मात्र दिनुहुन्थ्यो। दिनभरिजसो आस-पासको जंगलमा जानुहुन्थ्यो र साँझको समयमा नीमको रुखमुनी बसेर ध्यानमा मग्न हुनुहुन्थ्यो । रात्रिमा मस्जिदमा(द्वारकामाई) बोराका टुक्रा ओछ्याएर विश्राम गर्नु हुन्थ्यो । रात्रिभर उहांको भगवत जप चली रहन्थ्यो । उहांको रहन-सहन पहलमानको जस्तै थियो । लामा-लामा कपाल, गोडामा पेशावी जुत्ता। कसलाई के थाहा थियो र भविष्यमा यस अती सुन्दर बालकको नाम ‘साई’को उच्चारण गर्दा मानिसहरुले मोक्ष पाउनेछन ।

श्री अप्पा पाटिल र वायजा
शिरडीका मानिसहरुमा श्री अप्पा पाटिल र उनकै श्रीमती वायजा प्रमुख थिए जसले सुरुमै बाबाको दिव्य शक्तिलाई बुझेका थिए । पहिलो पटक श्री अप्पा पाटिल र वायजा बाबासँग भेट्न नीम रुखमुनी जांदा बाबाले आफ्नो स्थानमा खडा भएर भन्नुभयो ” वायजा मेरी पूर्वजन्मकि वहिनी हुन। ” यस्तो कुरा सुनेर वायजा आमा प्रसन्न हुनुभयो र निश्चय गर्नुभयो कि जबसम्म प्रतिदिन बाबालाई पहिले भोजन गराइंदैन तबसम्म आफू भोजन

ग्रहण गर्ने छैन । कैयौं पटक त बाबालाई खोज्न उहांले कोशौंसम्म हिंद्नुपर्दथ्यो । तर बाबाले पनि उहांको छोरा तात्या पाटिललाई विशेष रुपबाट आशीर्वाद दिनु भयो ।

तम्बोलीसँग कुस्ती
शिरडीमा मोहिद्दिन तम्बोली नाम गरेको एउटा पहलमान थियो । उसको बाबासँग कुनै कुरालाई लिएर विवाद खडा भयो र दुबैबीच कुस्ती हुन गयो । बाबाले कुस्तीमा हार्नु भयो तर त्यस उपरान्त उहांले आफ्नो रहन-सहन बदल्नु भयो । उहां पहिले त दुई वर्षका लागि शिरडीबाट लुप्त हुनुभयो । उहांले आफ्नो कपाल कटाउनु भयो । लंगौटी र कफनी लगाउन थाल्नु भयो । शिरमा साफा बांध्नुहुन्थ्यो । उहांले सधैं भन्न थाल्नुभयो, ‘गरीबी अब्बल बाद्शाही हो र अमीरी छिट्टै नै लुप्त हुने वाला छ । अल्लाह सधैं गरीबको साथमा हुनुहुन्छ । ‘बाबा कहिले मस्जिदमा रहनुहुन्थ्यो , काहीले तकियामा त कहिले जंगलमा जानुहुन्थ्यो । उहांका कुराहरु रसस्यमयी हुन्थे त्यसैले कैयौंले उहांलाई पागल ठान्दथे । बाबाले एउटा बगैंचा पनि बनाउनुभएको थियो र त्यहांबाट फल र फूल टिपेर शनि र गणपती मन्दिरमा पठाउनु हुन्थ्यो ! आज जहां समाधि मन्दिर छ , त्यहीं त्यो बगैंचा पनि थियो । बाबाको आशीर्वादले नाना डेंगले तथा गोपालगुंडलाई पुत्रहरुको प्राप्ती भएको थियो र बाबाको प्रसिद्धी चारैतर्फ फैलिन गयो । हजारौं लाखौं मानिसहरु शिरडी आउन थाले र सबैको आफ्नो-आफ्नो अनुभव रह्यो । ती अनुभवमध्य केही हामीले यस पुस्तकमा प्रकाशित गर्ने प्रयास गरेका छौं ।

तकियामा नृत्य
तकिया त्यो स्थान हो जहाँ यवन मानिसहरु शिरडीमा आएर विश्राम गर्दथे । यो स्थान दीक्षितवाडाको नजिकै थियो जसलाई पछि शिरडी संस्थानले कुनै कारणवश भत्काइदियो । तकियामा बाबा गोडामा घुँघरू बाँधेर नाच्नुहुन्थ्यो । उहाँ कबीरका भजन गाएर सबैलाई मोहित गरिदिनुहुन्थ्यो । उहाँले नृत्य गरेको देख्दा यस्तो आभाष हुन्थ्यो कि साक्षात शिव नै नृत्य गरिरहनु भएको छ ।

माधवराव देशपांडेको विद्यालय
शामा उपनाम गरेका माधवराव देशपांडे श्री साई बाबाका परम भक्त थिए । प्रारम्भको १५ वर्षमा उनी बाबालाई पागल नै ठान्दथे । उनी शिरडीको एउटा सानो विद्यालयमा अध्यापक थिए । यो विद्यालय मस्जिदको साथ एउटा कोठामा थियो । मस्जिद र विद्यालयको एउटै गाह्रो थियो । सुरुमा जब श्री साई बाबा मस्जिदमा आउनुभयो तब शामा पनि रातमा विद्यालयमा नै विश्राम गर्दथे । एक रात उनले बाबाले आफैँसँग उर्दू ,अरबी ,पर्सियन र अंग्रेजीमा कुरा गरिरहनु भएको देखे । बिस्तारै-बिस्तारै श्री साई बाबाका प्रति उनको दृढ-विश्वास बस्न गयो । एउटा अवसरमा बाबाले उनलाई भन्नुभएको पनि थियो ,’म पछिल्ला ७२ जन्मदेखि तिम्रो साथ छु । ‘शामाको दृढ भक्ति देखेर बाबा प्रसन्न हुनुहुन्थ्यो । शामा कहिले-काहिँ नीम वृक्ष मुनी (गुरुस्थान )विश्राम गर्दथे । तब रात्रिभर उनको मुखबाट ‘साई-साई’ को उच्चारण हुन्थ्यो । उनी निंद्रामा पनि बाबाकै नाम लिन्थे । कहिले-काहिँ त बाबा र शामा मित्रहरुले कुराकानी गरे जसरी आपसमा वार्तालाप गर्दथे ।

शामाको दुई रुपैयाँ !
शामा साधारणतया: कुनै त कुनै नयाँ तरिकाबाट बाबालाई जाँच्ने प्रयास गर्दथे । प्रतिदिन श्री साई बाबा अन्य भक्तहरु सहित लेण्डी बाग जानुहुन्थ्यो । एक दिन बाबाले बागका लागि प्रस्थान गरेपछि शामाले मस्जिदमा आस-पास कोही पनि नभएको मौका पारि बाबाको गादीबाट दुई रुपैयाँ झिके । यस घटनाको दुई या तीन महिना पश्चात शामाको घरमा अढाइ सय रुपैयाँको चोरी भयो । शामा रुँदै-रुँदै मस्जिदमा आए र उनले श्री साई बाबालाई चोरीको विषयमा बताए । उनको कुरा सुनेपछि बाबाले उनलाई भन्नुभयो ,’तिमीलाई आफ्नो अढाइ सय रुपैयाँको चिन्ता छ ,यहाँ केही महिनादेखि हराएको मेरो दुई रुपैयाँ भेटिएकै छैन !’

देवीदाससँग प्रेम
श्री साई बाबाको शिरडीमा आगमनभन्दा लगभग १२ वर्ष अगाडि श्री देवीदास दस-बाह्र वर्षको उमेरमा शिरडी आएका थिए । उनी एउटा सानो मारुति मन्दिरमा बस्दथे । देवीदास आध्यात्मिक मार्गमा धेरै अग्रसर भईसकेका थिए र आफ्नो दिव्यशक्तिबाट उनले श्री साई बाबाको शक्तिलाई चिनीसकेका थिए । बाबा देवीदासलाई एकदमै मन पराउनुहुन्थ्यो र कहिले मस्जिदमा त कहिले चावडीमा बसेर उनीसँग ईश्वरका लीलाका विवरण गर्नुहुन्थ्यो । एक दिन बाबाले देवीदासको हात समातेर उनलाई नीम वृक्षको मुनी लिएर जानुभयो र भन्नुभयो ,’यो मेरो तपस्याको स्थान हो । हामीले वैराग्य अवश्य राख्नुपर्दछ । धन , लोभ, मोह र अहंकारलाई टाढै राखेर हामीले ईश्वरको भक्ति गर्नु पर्दछ । आध्यात्मिक पथमा स्त्री एक रोकावट हो । बाबाले श्री विश्वामित्रको पूर्ण कथा पनि देवीदासलाई सुनाउनुभयो ।
बाबाले यस्तो किन गर्नुभयो , यसको कारण त हामीलाई थाह छैन तर बाबाको साथ रहेर देवीदास पूर्णरूपले ईश्वरमा समर्पित भए । पछि गएर उनले मानिसहरुलाई ‘बाबा मेरा शिष्य हुन ‘ भनेर भन्ने जावर अलीलाई आध्यात्मिक वार्तालापमा नराम्रो गरी पराजित गरे जसका कारणले जावर अली शिरडी छोडेर भाग्यो ।

बाबाको कला
मनुष्यमा तीन गुण हुन्छन सत् ,रज र तम् । साधारणतया मनुष्य रजोगुणी या तमोगुणी हुन्छन् । कर्मोनुसार मनुष्यको गुणको अनुमान लगाउन सकिन्छ । तमोगुणी मनुष्य कहिले पनि ईश्वरको स्मरण गर्दैन अपितु उसको ध्यान अन्य कार्यमा अग्रसर रहन्छ । रजोगुणी मनुष्य ईश्वरको नाम पनि लिन्छ तर साथ-साथ साधारण गृहस्थ कार्य पनि गर्दछ । सतोगुणी मनुष्य केवल ईश्वरको नै स्मरण गर्दछ । उ पूर्ण रूपमा ईश्वरमा समर्पित हुन्छ ।
श्री साई बाबा सबै कलामा सम्पूर्ण हुनुहुन्थ्यो । उहाँको एउटा कला यस्तो थियो कि यदि कोही मानिस उहाँको शरणमा आउँदछ भने उहाँले उसका समस्त इच्छाहरु पूरा गरिदिनुहुन्छ र बिस्तारै-बिस्तारै उसको मोहलाई कम गरी उसलाई तमोगुणीबाट रजोगुणी बनाइदिनुहुन्छ । केही रजोगुणी मनुष्य श्रद्धा एवं सबुरीबाट साई भक्ति गरी सतोगुणी बन्दछन् उदाहरणका लागि काका साहेब दीक्षित , म्हालसापत्ति , नाना साहेब चांदोरकर ,मेघा इत्यादी ! अब आउने अध्यायहरुमा यी सबै भक्तहरुका अनुभव छन् जसले हामीलाई साई बाबाको भक्तिका तर्फ अग्रसर गर्दछन् ।

श्री सद्गुरु साईनाथापर्णमस्तु ! शुभं भवतु ।।

Orignal work in Hindi by : Vikas Meheta

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s