Sai Baba of Shirdi :First Chapter


अध्याय -१

Sai Baba of Shirdi

Sai Baba


शिरडीमा आगमन :-भक्तहरुको उध्दारका लागि ईश्वर समय समयमा प्रकट हुनुहुन्छ । श्री साई बाबा कुनै नयाँ हुनुहुन्न बरु उहाँ पहिले पनि अन्य रूपहरुमा प्रकट भईसक्नुभएको छ । उहाँ र भक्तहरुको सम्बन्ध जन्म जन्मान्तरको छ । यस्तो हामी यत्रो द्रिढतासँग यसकारण भन्न सक्दछौं किनकि उहाँ स्वयमले नै कैयौं भक्तहरुसँग यस प्रकारको कुरा गर्नुभएको थियो । यस पटक अठारौं शताब्दीको मध्यमा आठ वर्षको वालकका रुपमा शिरडीमा नीमको रुखमुनी प्रकट हुनुभयो । ती साना वालक दिन रात ध्यानमा मग्न रहन्थे र कसैलाई पनि केही नभनी शिरडिका गल्लीमा घुम्दथे । अचानक एक दिन ती वालक शिरडीबाट हराए । जन्तीसंगै फेरि आगमन :- औरङावादको एउटा सानो गाउँ , धूपगाउँका निवासी श्री चाँद पाटिलको वालकसँग अचानक भेट भयो । त्यस समय चान्द पाटिल आफ्नो घोडीलाई खोज्दै थिए । चारै तर्फ खोज्दा पनि उनी असफल भए तव त्यस तरुण वालकले उसलाइ वोलाए । वालक आफ्नो चिलम सल्काइ रहेका थिए र खाली पानीको आवश्यकता बाँकी थियो । वालकले आफ्नो चिम्टालाई भूमीमा गाडे र त्यहिबाट पानीको फोहोरा उत्पन्न हुनथाल्यो । पानीले कपडालाई भिजाएर वालकले चिलमलाई सल्काए र चान्द पाटिललाई पनि तमाखु खान वोलाए । यस्तो देखेर चान्द पाटिल छक्क परे र वालकको क्रिपाबाट उनको हराएको घोडा पनि पाए । चान्द पाटिलले वालकलाई आफ्नो घर जान अनुरोध गरे जसलाई वालकले स्विकार गरे । त्यसपछी तिनै वालकको चान्द पाटिलकी पत्नीका भतिजा , भदाका विवाहमा जन्ती भएर शिरडीमा पुनरागमन भयो । साई नामबाट सम्बोधन :- धूपगाउँबाट जन्ती शिरडीमा खन्डोवा मन्दिर अगाडी आएर रोकियो । वैलगाडाहरुबाट केटाकेटीहरु , स्वस्नीमानिसहरु तथा अन्य व्यक्तिहरू पनि ओर्लिए । आफ्नो शरीरलाई च्यतिएको कपडाले ढाकेका एक अति सुन्दर वालकले पनि शिरडीको धरतीमा आफ्नो चरण राखे । त्यहि ठाउँमा पछि काका साहेब दीक्षित एवम् अन्य भक्तहरुले पादुकाहरुको स्थापना गरे ! वालकलाई देख्नासाथ मन्दिरका पूजारी श्री म्हालसापत्ती चिमनजी नागरेले ” आउनुहोस् साई ” भनेर सम्बोधन गर्नु भयो । विवाह समारोह समाप्त भएपछि चान्द पाटिल र जन्तीहरु शिरडी छोडेर गए तर बाबा भने शिरडीको नै भएर बस्नुभयो । साईको अर्थ हो ईश्वर र बाबाको अर्थ हो माता-पिता । श्री साई बाबाले ईश्वरको रुपमा सधैं भक्तहरुको रक्षा गर्नुभएको छ र उनिहरुलाई माता-पिताको स्नेह पनि दिनुभएको छ । बाबाको सरकार :- सेलू , महाराष्र्ट्रका सन्त श्री गोपलराव देशमुखले वालकलाई भन्नुभयो :”मेरो बाबु ! पश्चिमतर्फ जाउ!गोदावरीको दक्षिण तटतर्फ जाउ । यहाँ सेलूमा नबस । विभिन्न ठाउँमा भौंतारिनु भन्दा एउटै ठाउँमा रहनु राम्रो हुन्छ । जोसुकै पनि तिम्रोसामु आउँछ भने उसलाई आध्यात्मिक शिक्षा दिनू । सात वर्षीय वालकले आफ्नो द्रिढ भक्तिले गोपलराव देशमुखको दिल जितेका थिए ! काशीका सन्त रामानन्दले पुन: जन्म लिएका थिए । सम्पूर्ण कथा यसप्रकार छ :- जम्बावी गाउँका केशव बाबा साहेबको घरमा एउटा वालकले जन्म लियो जसको नाम गोपाल रखियो । केही वर्षपछी उसको विवाह सोलूमा गरियो जहां गोपाल रावले जागिर , जन्तूरका पेशवाहरुसँग जमिन लिएर एक किला बनाए । गोपालराव भगवान वेन्कटेशका परम भक्त थिए । एक सन्ध्या समय उनी किलाको ढोकामा उभिइरहेका थिए जब उनको द्रिष्टि एक एक्काइस वर्षिय अर्धनग्न स्त्रीमाथि पर्यो जो लघुशंकाका लागि गएकी थिइन । वासनाले आघात गर्न खोजेपछी उनी तूरन्तै आफ्नो मन्दिरमा गए र सियो लिएर आफ्ना दुवै आँखालाई फोरे । यस घटनालाई लिएर मानिसहरुले उनी पागल भएको ठन्न थाले तर केही समयपछि नै उनको पूजा भक्ति देखेर मानिसहरुले उनलाई एक महान सन्त मान्न थाले । एकपटक एउटी आईमाइ उनको प्रसिद्धी थाहा पाएर आफ्नो द्रिष्टि माग्न उनिकहां आईन । स्त्री जन्मैदेखि अन्धी थिइन । गोपलरावको आज्ञा पालना गर्दै उनको सेवकले रातो खोर्सानी पिसेर त्यसको लेप तयार पार्यो र गोपलरावले स्त्रीका आँखामा त्यो लेप लगाइदिए । आश्चर्यको कुरा के भयो भने त्यस स्त्रीले देख्न थालिन । यस घटना चारैतिर आगो फैलिए जसरी फैलिन थाल्यो र छेउछाउका गाउँका सबै मानिसहरु गोपलरा्वकहाँ आउन थाले । गोपलराव उनिहरुलाई आध्यात्मिक पथमा हिंड्न अग्रसर गर्दथे । एक पटक गोपलराव उत्तर भारततर्फ तीर्थयात्राका लागि गए । त्यस अवसरमा बाटोमा पर्ने अहमदावादमा फकिर सुवाग शाहको दरगाहमा दर्शनका नीम्ति गए । मस्जिदको भित्र छिर्नासाथ उनका आँखाबाट आंफै प्रसन्नताको आसुँ झर्न थाल्यो र उनी सम्भषण गर्न लागे । त्यसै समय त्यहां यो भविष्यवाणी भयो ,” गोपलराव ! तिमी नै पूर्वजन्ममा काशीको सन्त रामानन्द थियौ तर अब तिमी ग्रिहस्थ आश्रममा छौ । तिम्रो शिष्य कबिर पनि छिट्टै नै तिम्रो सामु आउने छ किनकी उसले एक फकिरको घर जन्म लिइसकेको छ । ” फर्केर घर पुग्दा गोपलरावले आफ्नो छोरा लक्ष्मणको मृत्यु भएको खबर पाए । सन्त भएको हुनाले उनलाई छोराको मृत्युले ज्यादा दुखी पारेन । केही दिनपछी नै हातहरुमा हरियो कंगन पहिरिएकी एक स्त्री गोपलरावको सामु पाथर्डी गाउँबाट आई । त्यस आईमाईसँग लगभग पाँच वर्षको वालक पनि थियो जसले फाटेको झुत्तो लुगा लगाएको थियो । वालकको मुखमा रोटी थियो । त्यस आईमाईको लोग्ने केही दिन पहिले मात्र मरेको थियो र उसैको आदेशानुसार नै उ गोपलरावकहाँ आएकी थीई । गोपालरावले पहिले त उसलाइ शरण दिन मानेनन् तर पछि अहमदावादमा भएको भविष्यवानी सम्झे र उसलाई आफ्नो शरणमा राखे । उनलाई पूर्ण विश्वास थियो की यो वालक अरु कोहि नभएर कबिर नै हो ! थोरै समयमा नै दुवैबिच प्रगाढ प्रेम बस्न पुग्यो । वालकको भक्ति देखेर गोपलराव प्रसन्न भए र वालकलाई दिन-रात आध्यत्मिक बाटोमा अगाडी बढाउन थाले । तिनै दिनहरुमा वालककी आमाको मृत्यु हुन गयो । त्यस समय वालकको उमेर लगभग १२ वर्ष थियो । गुरु-शिष्यको प्रेम देखेर अन्य शिष्यले ईर्ष्या गर्न थाले र आपसमा विचार गर्न थाले कि यस्तो के छ कि गोपलराव यो यवन वालकलाई ज्यादा प्रेम गर्नुहुन्छ । यस यवन वालकले त हाम्रो गुरुको पनि धर्म भ्रष्ट गरिदिएको छ । उनिहरुले यवन वालकलाई मार्ने जाल पनि रचे तर गोपलरावलाई पहिले नै यसको आभष भयो र उनी बालकलाई लिएर नजिकको जंगलमा गएर बसे । एक दिन अन्य शिष्यले दुबैलाइ एउटा रुखमुनी विश्राम गरिरहेको पाए र उनिहरुले एउटा ईटा उठाएर बालकतिर फ्यांके तर त्यो ईटा गोपलरावको शिरमा लाग्न पुग्यो र उनी नराम्रो किसिमले घयल हुन पुगे । उनको टाउकोबाट लगातार रगत बगिरहेको थियो । बालकले एउटा कपडा आफ्नो गुरुको शिरमा बाँधिदियो । बालकले गोपलरावसँग प्रार्थना गरे कि तपाईं मलाई छोडिदिनू किनकि मेरो कारणले नै तपाईंको यस्तो गति हुन पुग्यो तर गोपलरावले केही पनि मानेनन् र बालकलाई भने , मेरो अन्त नजिक आएको छ र म आफ्नो समस्त शक्तिहरु तिमीलाई दिन चाहन्छु । त्यहि बेला एउटा काली गाईबाट उनले तीन लोटा दूध दुहे र बालकलाई पिलाइदिए र यसै प्रकारले आफ्ना समस्त शक्तिहरु बालकलाई दिए । भोलिपल्ट गोपालराव बालकलाई लिएर गाउँ फर्किए त त्यहिँ आफ्नो आखिरी सास फेर्न पुगे । उनले आफ्नो शिरको कपडा फुकालेर वालकलाई दिए र गोदावरीको दक्षिण तटतर्फ जानलाई भने । गोपलरावले बालकलाई आफ्नो कफनी पनि दिए । बालकको घुम्दा-घुम्दै चाँद पाटिलसँग भेट भयो र उनीसंगै शिरडी पुगे । आफ्नो अन्तिम समयसम्म साई बाबाले त्यस इटा , कफनी र शिरको फेटा आफ्नो साथ राख्नुभयो । जुन दिन बाबाले आफ्नो शरीरलाई त्यग्नुभयो त्यसै दिन त्यो इटा फुटेको थियो र यस्तो देखेर बाबाले यसो भन्नुभएको थियो कि यो इटा टुटेको नभएर मेरो भाग्य फुटेको हो । बाबा पहिलो पटक शिरडी पाल्नुहुंदा उहाँसँग इट र कफनी थिएनन । उहाँले पुन: गएर यी सबै आफ्नो साथ ल्यौनुभएको थियो । बाबा सेलू , जालना, बीड, मनमाड, प्रभामानी तथा पाथर्डीका बाटाहरुसँग भलिभाँति परिचित हुनुहुन्थ्यो र कहिले-काहिँ त्यहाँका मानिसहरुका नाम लिएर उनिहरुको विषयमा सोध्ने गर्नुहुन्थ्यो ।

एउटा अवसरमा श्री साई बाबाले स्वयम् यस कुराको पुष्टि गर्नुभएको थियो कि उहाँको आयु लाखौं वर्ष हो र उहां कबीर हुनुहुन्छ । अनुभव यस प्रकार छ :-
एउटा चोरलाई पुलिसले केही गरगहना सहित समातेछन । त्यस चोरले पुलिसलाई यस्तो वयान दिएछ कि ती गहना उसलाई श्री साई बाबाले दिनुभएको हो । बाबालाई धुलिया कोर्टबाट अदालतमा हाजिर हुने खत प्राप्त भयो । बाबाले उक्त खतलाई धूनीमा हालिदिनुभयो । केही दिनपछी श्री गणपतराव , पुलिस हेड कन्स्टेबल कोपरगाउँबाट बाबाको लागि पक्राउ पूर्जी लिएर आए । बाबाले उसलाइ रिसाउंदै भन्नुभयो ,’यो पूर्जी शौचालयमा फ्यांकिदेउ र गएर स्नान गर । ‘भक्तहरुलाई जब यस कुराको जानकारी मिल्यो तब उनिहरुले धूलिया अदालतमा अर्जी दिए कि श्री सै बाबा कुनै साधरण मानिस हुनुहुन्न । लाखौं मानिसहरु उहाँलाई ईश्वर मान्दछन यसकारण उहाँको एउटा सधारण मान्छेको जस्तो अदालतमा जान उपयुक्त हुंदैन । धूलिया कोर्टका न्ययाधिशले मजिस्ट्रेट नाना जोशीलाई सोध्पूछका लागि नियुक्त गरी शिरडी पठाउनु भयो । नाना जोशीको शिरडी आउने सूचना भन्दा पहिले नै बाबाले मस्जिदमा टेबल-कुर्सीहरु राख्न लगाउनु भयो र मस्जिदलाई एउटा अदालतमा रूपान्तरित गरिदिनुभयो । नाना जोशी :- तिम्रो नाम के हो ?
बाबा:- यी मानिसहरु मलाई साई बाबा भन्दछन । नाना जोशी:- पिताको नाम ? बाबा:- साई बाबा । नाना जोशी :- गुरुका नाम ?
बाबा:- वेनकुंशा अर्थात वेंकटेश । नाना जोशी :-तिम्रो धर्म के हो? बाबा:- कबीर
नाना जोशी :- जाति कुन हो?
बाबा:- परवरदिगार । नाना जोशी :-तपाइंको आयु कति हो ?
बाबा:- लखौं वर्ष नाना जोशी :-के तपाईं कसम खानु हुन्छ कि तपाईं जे भनिरहनुभएको छ त्यो साँचो हो ? बाबा:- हजुर । साँचो हो । नाना जोशी :- के गहना-चोरलाई चिन्दछौ? बाबा:- म सबैलाई चिन्दछु । नाना जोशी :- के यो तिमीसँग बस्दथ्यो? बाबा:- हजुर । म सबैको साथै रहन्छु । नाना जोशी :- के चोरिको गहना तपांईले उसलाइ दिनुभएको हो? बाबा:- हो ! मैले दिएको हो । कस्ले कसलाई दिन्छ र ?
शिरडी एउटा सानो गाउँ थियो र त्यस बेला बाहिरबाट शिरडीमा जो आउंदथे उनिहरुको नाम र ठेगाना एउटा रजिस्टरमा लेखिने गरिन्थ्यो । नाना जोशीले त्यस रजिस्टरको अवलोकन गरे र पाए कि त्यो चोर काहीले पनि शिरडीमा आएको नै थिएन । पछि गएर चोरलाई पनि आफ्नो गल्ती महसुस भयो । उसले आफ्नो पहिलो वयान बदल्यो र श्री साई बाबासँग माफि माग्यो ! यहाँ यो ध्यान दिन योग्य कुरा छ कि बाबाले गोपालरावलाई आफ्नो गुरु नभनी वेनकुंशा अर्थात भगवान वेंकटेशलाई भन्नु भयो जसको उहाँको गुरु पूजा गर्नुहुन्थ्यो । यसमा कुनै अतिशयोक्ती छैन कि बाबा लाखौं वर्षदेखी हुनुहुन्छ र शिरडीमा नीमको रुखमुनी उहाँको पूर्व गुरुको समाधि पनि छ ।
शिरडीको विशेषता र द्वारकामाईको रहस्य:- शिरडी एउटा सानो गाउँ भएकाले यसको कुनै विशेष धार्मिक इतिहास थिएन । बाबाको आगमनपूर्व यहाँ खन्डोवाको सप्ताहमा तीन दिन पूजा हुने गर्दथ्यो । एउटा अवसरमा खन्डोबाको ध्यनमा मग्न एक व्यक्तिलाइ खण्डोवाको आदेश भयो कि श्री साई बाबाले यहाँ शिरडीमा धेरै तपस्या गर्नुभएको छ र उहां स्वयं ईश्वर हुनुहुन्छ ! शिरडीको दर्शनोपरान्त र श्री साई सत् चरित्रको पठन-पाठन पछि यस्तो सवाल आउंदछ की श्री साई बाबाले पैथन , नाशिक, पूताम्बेलाई छोडेर एउटा साधारण सानो गाउँ शिरडीमा नै रहन किन मनपराउनुभयो र फेरि शिरडीमा एउटा टुटे-फुटेको मस्जिद नै किन ! केही पुस्तकहरुको अध्ययन पश्चात बाबाले स्वयं यसको उत्तर दिनुभयो ! बाबा स्वयं भन्नुहुन्थ्यो की ऋणानुबन्धका कारण नै हामी एक-अर्काको समिप आएका हौं यसैले हामीले प्रत्येकको आदर गर्नुपर्दछ ! जस्तो की खन्डोबा भगवानले आफ्नो भक्तलाई भन्नुभयो की बाबाले धेरै वर्ष शिरडीमा तपस्या गर्नुभएको छ । बाबाका पहिला गुरु श्री मु्झफर शाह एक अत्यन्त नै धनी व्यक्ति हुनुहुन्थ्यो । शिरडीदेखी नांदकुरिसम्म उहांको जमिन थियो ! उहांका पुत्र र बाबा एकसाथ बस्दथे ! नीमको रुखदेखी लिएर चावडिसम्म एउटा गुफा छ जसमा बाबाले तपस्या गर्नुभएको थियो । एकचोटि उहांको दाढी यति धेरै बढेको थियो की त्यसले जमिन साफ गर्दथ्यो । मस्जिदमा(द्वारकामाई) बाबाका गुरुले आफ्नो पंचभूत शरीर त्याग गर्नुभएको थियो त्यसैले बाबाले रहनको लागि द्वा्रकामाईलाई नै चुन्नुभयो र त्यहि स्थनमा धूनी प्रज्ज्वलित गर्नुभयो । श्री साई बाबा चाहे कबीर ,शिव,या पीर-पैगम्बर जो सुकै हुन, हाम्रो लागि त उनी श्री साई बाबा नै हुन। मन उनको दर्शन नगरी प्रसन्नचित्त हुँदैन । श्री साई बाबाजस्ता अरु देवता छैनन् । उहांमा अगाध दया अगाध शक्ति छ। आफ्ना भक्तहरुका सबै त्रुटीहरुलाई भूलेर उनिहरुलाई ग्रिहस्थ आश्रममा नै मोक्ष प्राप्त गराई दिनुहुने देव श्री साई बाबा नै हुनुहुन्छ । श्री सद्गुरु साईनाथापर्णमस्तु ! शुभं भवतु ।।

Advertisements